२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, मलेसियन रिंगिट २८ रूपैयाँ बढी


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 11.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, मलेसियन रिंगिट २८ रूपैयाँ बढी

    काठमाडौ, २५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

     

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा कायम गरिएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२४  रुपैयाँ र बिक्री दर ८५.६३  रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसामा काराेबार हुनेछ । 

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा काराेबार हुदाँ दक्षिण काेरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९७  पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ र बिक्री दर ३५.५७  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२७ रुपैयाँमा काराेबार गरिनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६५ पैसा र विक्रीदर ४३१.५९ पैसामा काराेबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend