२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images
मुक्तिनाथ विकास बैंकका ग्राहकले लिफानका स्कुटर किन्दा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले लिफानका स्कुटर किन्दा विशेष छुट पाउने


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 10.5K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकका ग्राहकले लिफानका स्कुटर किन्दा विशेष छुट पाउने

    काठमाडौं ।मुक्तिनाथ विकास बैंक लि.ले लिफान नेपालको इभीका स्केटर किन्दा विशेष छुट दिने भएको छ । गपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रा. लि ” सँग लिफान नेपालको इभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

    यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend