२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार कतिमा खुल्यो ?


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 8.9K
    SHARES

  • images
    हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार कतिमा खुल्यो ?
     
     

    काठमाडौ, २४ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपनिङ सेसनमा हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । 

    नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘एचएटीएचवाई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । हाथवे इन्भेष्टमेन्टको चुक्ता पुँजीका आधारमा कायम कुल २ करोड ३४ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

    मान्डु हाइड्रोपावको पहिलो कारोबार प्रतिकित्ता ३७३.२० रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ । ‘एमएएनडीयु’ संकेतमा यसको सेयर कारोबार भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend