२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु सेलेक्ट फन्डको नगद लाभांश खातामा जम्मा


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 8.6K
    SHARES

  • images
    प्रभु सेलेक्ट फन्डको नगद लाभांश खातामा जम्मा
     
     

    काठमाडौ, २४ असोज । प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ । यता, फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।  

    यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने प्रभु क्यापिटलले जनाएको छ । 

    आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित ९.५% नगद लाभांश वितरण गरेको हो । लाभांश वितरणको लागि यसले असोज १२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीको खातामा लाभांश जम्मा गरिदिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend