२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माण्डु हाइड्रो र हाथवे इन्भेस्टमेन्टको सेयर नेप्सेमा सुचीकृत


सञ्चार डबली
  • मंगलबार, असोज २३ २०८०
  • 8.4K
    SHARES

  • images
    माण्डु हाइड्रो र हाथवे इन्भेस्टमेन्टको सेयर नेप्सेमा सुचीकृत

     

    काठमाडौं, २३ असोज ।माण्डु हाइड्रो र हाथवे इन्भेस्टमेन्टको सेयर नेप्सेमा सुचीकृत भएको छ ।आज असोज २३ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडबीच ५० रुपैयाँ चुक्ता मूल्य रहेको दुई करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो । 

    कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको १२.५ प्रतिशतले हुन आउने २९ लाख २५ हजार कित्ता र संस्थापकको ८७.५ प्रतिशतले हुन आउने २ करोड ४ लाख ७५ हजार कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा HATHY सिम्बोलमार्फत खरिदबिक्री हुनेछ ।

    यसैगरी माण्डु हाईड्रोपावर लिमिटेड र नेप्सेबीच एक सय रुपैयाँ चुक्ता मूल्य रहेको एक करोड ३६ लाख ३६ हजार तान सय ७० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो ।

    कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३ सय ७० कित्ता र संस्थापकको ८८ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा MANDU सिम्बोलमार्फत खरिदबिक्री हुनेछ । धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात भोलिबाट नेप्सेमा उक्त कम्पनीहरुको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend