२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • मंगलबार, असोज २३ २०८०
  • 9.5K
    SHARES

  • images
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


    काठमाडौ, २३ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौला रूपैयाँ ९० कायम भइ कारोबार भइरहेको छ । घिरौलाको भाउ ७० रूपैयाँबाट बढेर ९० पुगेको हो ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाजँर १००, मूला सेतो ३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी २५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, परवर ४०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याँउ ३००, अम्बा ६०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ५०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला ९०, रुख टमाटर १४०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ९० रूपैयामा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend