२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 7.7K
    SHARES

  • images
    अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन

    अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ। 

    कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको हो। 

    क-कसले भर्न पाउँछन् ?

    कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

    कहिलेसम्म भर्न पाइन्छ ?

    भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेको मितिलाई असोज २२ सम्म थप गरिएको हो। 

    काे हाे बिक्री प्रबन्धक ?

    कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।

    कहाँबाट दिने आवेदन ?

    कम्पनीकाे हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी काेषकाे कार्यालय र अपर तामाकाेशीकाे रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend