२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैङ्कको ‘टिका अघि नै दक्षिणा’ योजना : हरेक दिन पहिलो ५०/५० जनालाई २५ प्रतिशत नगद फिर्ता


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 10.9K
    SHARES

  • images
    कुमारी बैङ्कको ‘टिका अघि नै दक्षिणा’ योजना : हरेक दिन पहिलो ५०/५० जनालाई २५ प्रतिशत नगद फिर्ता

    सोमवार, आश्विन २२, २०८०
    काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको प्रमुख चाड बडा दशैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । 
     
    नेपाली बैङ्किङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैङ्क लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैङ्किङ्गमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैङ्कद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ । क्यासब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । 
     
    चाडबाडको यस अवसरमा कुमारी बैङ्क लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरू आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।
     
    कुमारी बैङ्कले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैङ्किङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैङ्किङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend