२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकद्वारा रुपन्देहीका एक सय इ-रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 9.2K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा रुपन्देहीका एक सय इ-रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण

    रुपन्देही । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ।

    लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे।

    तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीले बैंकको यस वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै,उनले सम्पूर्ण त्तिलोत्तमाबासीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए।

    साथै नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि सँग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबारबाट झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने खलिङले बताए।उनले आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख पनि गरे।

    कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे। सो वित्तीय साक्षरता सचेतना कार्यक्रमा उनले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा बताए।

    फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो।

    यस्तै, तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्गबहादुर केसी, तिलोत्तमा नगरपालिकाको कार्यालयका आर्थिक विकास तथा प्रमुख कृष्णप्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारी र महानुभावहरुको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend