२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बससेवा डटकमा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 11.4K
    SHARES

  • images
    बससेवा डटकमा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो


    काठमाडौ, २१ असोज । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

    साथै दशैँमा गएका यात्रुहरूले र्फकनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

    यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले भने “ बिगतका वर्षहरुका तुलनामा यस वर्ष सिट संख्या धेरै रेहेको छ । बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ ”।

    यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ । बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ ।

    यो सँगै पोखराबाट काठमाडौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ । बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend