२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वल्र्डलिंकका ग्राहकलाई सामसङ ब्रान्डका समान खरिदमा १५ हजारसम्मको छुट


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 8.9K
    SHARES

  • images
    वल्र्डलिंकका ग्राहकलाई सामसङ ब्रान्डका समान खरिदमा १५ हजारसम्मको छुट

     

    काठमाडौ, २१ असोज । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो ।

    अफर अन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ ।

    ८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वल्र्डलिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात ८३ हजार ५०० रुपैयाँमै पाउन सकिनेछ, जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ ।

    यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ । यस बाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । मोबाइल तर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट पश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

    छुट लिन के गर्ने ?

    यो छुट सुविधाका लागि वल्र्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वल्र्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ । उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ ।
    यसअघि २६ सेप्टेम्बरमा खल्ति द्धारा वल्र्डलिंकका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend