२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 गुरु ट्राभल्सको प्याकेजमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ग्राहकलाई १० हजारसम्म छुट


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 9.4K
    SHARES

  • images
     गुरु ट्राभल्सको प्याकेजमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ग्राहकलाई १० हजारसम्म छुट

     

    काठमाडौं, २० असोज । गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबिच व्यावसायिक सहकार्य सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज धरेलले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टसहित अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ ।

    यस्तै गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट सहजरुपमा ट्राभल बीमा प्राप्त गर्ने तथा अन्य बीमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ ।

    गुरु ट्राभल्सका ग्राहकहरुले एकै स्थानबाट ट्राभल बीमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । साथै, सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउन पनि दुई संस्थाबीच सहमति भएको छ ।

    गुरु ट्राभल्स २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ । आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend