२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

टोखा नगरपालिकाले एक सातामा उठायो ८५ लाख बढी कर


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 9.5K
    SHARES

  • images
    टोखा नगरपालिकाले एक सातामा उठायो ८५ लाख बढी कर

     

    काठमाडौं, २० असोज । टोखा नगरपालिकाले एक सातामा ८५ लाख बढी कर संकलन गरेको छ । टोखा नगरपालिकाले असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कर सप्ताहको समापन कार्यक्रममा आज नगर प्रमुख प्रकाश अधिकारीले टोखा बासीले तिरेको करको दूरुपयोग नहुने दाबी गरेका छन् ।कर सप्ताहको समापनमा धेरै कर तिर्ने करदातालाई धन्यवाद दिदै नगरप्रमुख अधिकारीले नागरिकले तिरेको करको दूरुपयोग नगर्ने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘करको कुनै दूरुपयोग हुँदैन, तपाइँहरु वडा कार्यालय र नगरपालिका मार्फत गरेको कामलाई नजिकबाट नियाल्नुहोस् । यदी कँही करको दूरुपयोग भएको पाइयो भने कारबाही गर्न नगरप्रमुख हिजो पनि तयार थियो, आजपनि छ र भोलि पनि तयार रहने प्रतिबद्धता गर्छु । र यो टोखा बनाउने काममा हामी सबै जुट्नुनै कर लिनुको लक्ष्य हो ।’

    नगरपालिकाले लामो समयसम्म कर नतिर्ने ठूला करदाता र नागरिकलाई ४० प्रतिशत सम्म करमा छुट दिएर एक सातासम्म बढी भन्दा बढी कर उठाउने प्रयास गरेको छ । जसमा नगरपालिकाले विभिन्न ११ वटा वडा कार्यालयमार्फत ८५ लाख,६८ हजार २ सय ७९ रुपैयाँ कर संकलन गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।

    नगरप्रमुख प्रकाश अधिकारीले करको सदूपयोग गरी नगरविकासलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राख्दै बाँकी रहेको कर तिर्न सबैलाई आग्रह गरे । साथै उनले नगरपालिकालाई सफा राख्ने कार्यमा नगरबासीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै नगरबासीलाई नगरपालिकालाई सफा सुग्घर राख्न आग्रह समेत गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend