२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको फलफूल तथा हरियो तरकारीको मूल्य, आलु रातो ४५ रुपैयाँ


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 9.6K
    SHARES

  • images
    आजको फलफूल तथा हरियो तरकारीको मूल्य, आलु रातो ४५ रुपैयाँ


    काठमाडौं, २० असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

    जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    बजारमा आज लोकल गाजर प्रतिकेजी १००, मूला सेतो लोकल ३५, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो २०, मकै बोडी ७०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ५०, घिरांैला ६० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

    त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी २५०, कन्य च्याउ ७०, कुरीलो ४५०, ब्रोकाउली २५०, भिण्डी ९०, तोरीको साग ६०, हरियो प्याज ८०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

    फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ ३००, अनार ३५०, अंगुर कालो ४००, तरबुजा ६०, मौसम १२०, लोकल नासपाती ९०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend