२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुपन्देहीका १०० भन्दा बढी अटोरिक्सा चालकहरुलाई एभरेष्ट बैंकको क्यूआर कोर्ड हस्तान्तरण 


सञ्चार डबली
  • शुक्रबार, असोज १९ २०८०
  • 9.5K
    SHARES

  • images
    रुपन्देहीका १०० भन्दा बढी अटोरिक्सा चालकहरुलाई एभरेष्ट बैंकको क्यूआर कोर्ड हस्तान्तरण 

    शुक्रबार, असोज १९, २०८०
    काठमाडौं । एभरेष्ट बैंकले रुपन्देहीको तिलोत्तमाका नेपाल अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता दिँदै क्यूआर कोड हस्तान्तरण गरेको छ । तिलोत्तमा–५ मणिग्रामस्थित आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमाका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्री खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    तिलोत्तमा नगरपालिकाका उप–प्रमुख श्रीमती जागेश्वर देवि चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख श्री सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गर्नुभयो । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा श्री उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गर्नुभयो । 

    फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत श्री दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष श्री रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमाका सभापति श्री शेषकान्त भुषल तथा सचिव श्री खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख श्री कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख श्री शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक श्री हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख श्री लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक श्री विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारी र महानुभावहरुको समेत उपस्थिति रहेको थियो । 

    स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend