२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंक र बीन प्रोजेक्टबीच सम्झौता, जलवायु अनुकूल भवन डिजाइन प्रवर्द्धनमा सहकार्य


सञ्चार डबली
  • शुक्रबार, असोज १९ २०८०
  • 13.5K
    SHARES

  • images
    नबिल बैंक र बीन प्रोजेक्टबीच सम्झौता, जलवायु अनुकूल भवन डिजाइन प्रवर्द्धनमा सहकार्य

    शुक्रवार, आश्विन १९ २०८०
    काठमाडौँ - नबिल बैंकले नेपालमा ऊर्जा मितव्ययिता र दिगो आवास प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीन प्रजेक्ट)सँग साझेदारी गर्ने भएको छ । उक्त सम्झौतासँगै नबिल बैंक र बीन प्रोजेक्टले दुवै नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा सहकार्य गर्ने बताइएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले विशेषगरी नव प्रवर्द्धनात्मक वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्यांकन गर्ने, प्राविधिक क्षमता निर्माण गर्ने लगायत प्राथमिकताका वित्तीय योजनामा पहुँच पुर्‍याउन सहजीकरणमा सघाउने बैंकले जानकारी दिएको छ ।

    बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकले जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र विश्व तापमान न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको बताए । ऊर्जा मितव्ययिता र दिगो भवन निर्माणले वातावरणलाई मात्र नभई समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

    बैंकका कार्यकारी अधिकृत ढुंगानाले बैंकले विद्युतीय सवारीसाधन कर्जा र दिगो आवास कर्जा प्रवर्द्धन गरी दिगोपनलाई साथ दिँदै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend