२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिले पाए अख्तियारी


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 11.5K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिले पाए अख्तियारी

    बिहिवार, आश्विन १८ २०८०
    काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । असोज १८ गते होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको उक्त लाभांश पारित गरेको हो ।

    यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

    बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । उक्त सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

    सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने बताएका छन् । साथै, सेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको उनले जानकारी गराए । डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सँधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफल  गर्दै आइरहेको जानकारी गराए ।

    हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend