२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स बैंकले ल्याएयो ऋणपत्र बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 9.8K
    SHARES

  • images
    सिटिजन्स बैंकले ल्याएयो ऋणपत्र बिक्रीमा


    काठमाडौं, १८ असोज । सिटिजन्स बैंकले आज असोज १७ गते बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

    यसबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । सिटिजन्सले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

    यस ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend