२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंक २४ औं वर्षमा प्रवेश

ग्राहक लक्षित आकर्षक योजना सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 10.6K
    SHARES

  • images
    माछापुच्छ्रे बैंक २४ औं वर्षमा प्रवेश

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

    कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवम उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन  गर्दछु । महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरुलाई थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद प्रकट गरे ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमीमा प्रभावकारी भुमिका खेल्दै आईरहेका छौं । माछापुच्छ्रे बैंकले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त  गर्दछु । 

    आकर्षक योजना सार्वजनिक

    बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार क्यासब्याक लगायतका अफरहरु सार्वजनिक गरिएको हो । जसको उपयोग डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत २ जना फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट र १ जनाले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् ।

    साथै एमबिएल एम स्मार्टबाट फोन पे बिलमाफर्त बिल भुक्तानी गर्दा एक जना भाग्याशाली ग्राहकले निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यो अफर १५ असोजदेखि ३० असोजसम्म लागु हुने बैंकले जनाएको छ ।

    यसैगरी बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म (५२३ र ७२३ रुपैयाँ)को क्यासब्याक , नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म (२२३ रुपैयाँ) को क्यासब्याक, सिटीटेकको ३ जना फिनपोस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन प्रालिले १ भाग्यशाली मर्चेन्टलाई सीजी टिभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् ।

    मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । यो योजना १ असोजदेखि सुरु भएर १७ असोजमा लागु हुनेछ ।

    देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा विस्तार

    हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा बिस्तारित छ ।  यस्तै, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

    २३ वर्षअघि क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आफूलाई स्मार्ट बैंकको रुपमा परिचित छ । 

  • सम्बन्धित विषय:

  • # माछापुच्छ्रे बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend