२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मिर्मिरे लघुवित्तले घोषणा गर्यो एफपीओ निष्काशन मिति, सर्वसाधारणले कसरी दिने आवेदन?


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 9.8K
    SHARES

  • images
    मिर्मिरे लघुवित्तले घोषणा गर्यो एफपीओ निष्काशन मिति, सर्वसाधारणले कसरी दिने आवेदन?

    मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि  थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ।लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

    एफपीओ​ सम्बन्धि थप जानकारी 

    कति दिने आवेदन ?

    न्यूनतम -१० कित्ता
    अधिकतम- १००० कित्ता

    कहिले सम्म दिने आवेदन ?

    असोज २५ देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।

    को हो बिक्री प्रबन्धक ?

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

    कहाँबाट दिने आवेदन ?

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    रेटिङ्ग 
    एफपीओ क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend