२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

९ अंकले बढ्यो नेप्से, १ अर्ब १८ करोडको कारोबार


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 9.1K
    SHARES

  • images
    ९ अंकले बढ्यो नेप्से, १ अर्ब १८ करोडको कारोबार

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो । 

    तथापि, आज नेप्से सूचक बढेपनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

    आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् ।

    आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend