२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 9.6K
    SHARES

  • images
    टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

     

    काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले नागरिकहरु पनि मुलुकको अर्थतन्त्रप्रति चिन्तित देखिएको भन्दै यस विषयमा सबै जनाको उपस्थितिमा खुल्ला छलफल हुनु आवश्यक भएको उल्लेख गरे ।

    उनले भने, ‘अर्थतन्त्रको अवस्था चिन्ताजनक छ । आम नागरिक पनि मुलुकको अर्थतन्त्रबाट चिन्तित छन् । अहिले हामी सामान्य अवस्थामा छैनौ, टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन । त्यसकारण अवस्था कस्तो छ र समाधानका लागि के प्रयासहरु भइरहेका छन् भन्ने विषयमा जानकारी राख्ने अधिकार नागरिकलाई पनि छ । सबै जनाको उपस्थितिमा बैठकमा खुल्ला छलफल गर्नु आवश्यक छ ।’

    उनले मन्त्रीसँग सोध्ने प्रश्न सचिवहरुलाई भनेर काम नचल्ने र आवश्यक जवाफ पनि आउन नसक्ने भन्दै अर्थमन्त्रीको यो बैठकभन्दा महत्वपूर्ण काम के पर्यो भन्दै प्रश्न गरे ।

    उनले भने, ‘अर्थ मन्त्रीलाई समितिमा बोलाए पनि अझसम्म उपस्थिति भएको छैन । यो मिलेन । मन्त्री आउनुहुन्छ भन्ने जानकारीका साथ मन्त्रीको उपस्थितिमा हामी छलफल गर्न पाउँछौ, सवालजवाफ गर्न पाउँछौ । हाम्रो कुराहरु पनि राख्न पाउँछौ त्यसबाट समस्या के हो समाधानका बारेमा अर्थ मन्त्रालयले कसरी सोचिरहेको छ भन्नेबारे जानकारी पाउन सक्छौ भन्ने अपेक्षा हो । मन्त्री निरन्तर दोस्रो पटक उपस्थिति हुनु भएको छैन् । यो उचित भएन ।’

    नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविदहरुको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानमा अगाडि बढ्न आवश्यक भएको पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend