२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन, हाम्रो जित सुनिश्चित छ : बज्रचार्य समूह


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 11.0K
    SHARES

  • images
    ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन, हाम्रो जित सुनिश्चित छ : बज्रचार्य समूह

     

    काठमाडौ, १६ असोज । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । यहि आउँदो असोज १९ र २० गते सम्पन्न हुन गईरहेको संघको ४४ औं साधारण सभा तथा अधिवेशन अन्र्तगत हुने निर्वाचनका लागि भनेर दुइ समूहले उमेदवारी घोषणा गरेको छ । सम्मानजनक उद्योग र ब्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार भन्ने मुल नाराका साथ निर्वाचनमा होमिएको विश्वराज बज्रचार्य समूह अहिले आफ्ना १५ बुँदे प्रतिवद्धता सहित मतदाता सदस्यहरु माँझ भोट माग्न व्यस्त छ ।

    असोज १५ गते सोमबार ललितपुरको मंगलबजार क्षेत्रका मतदाता सदस्यहरुसंग भोट माग्दै गर्दा हामीले विश्वराज बज्राचार्य समूहलाई भेट्यौं । “मतदाता सदस्यहरुले हामीहरु प्रति राख्नु भएको विश्वासले हामी अत्यन्त उत्साहीत भएका छौं । हाम्रो जित सुनिश्चित छ ।”–समूहका अध्यक्ष प्रत्यासी विश्वराज बज्राचार्यले बताउनु भयो । बज्राचार्य भन्नु हुन्छ– “ ललितपुरलाई World Craft Council को मान्यता प्राप्त भएको सवैलाई जानकारी नै छ । त्यसै अनुरुप जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई Craft City तथा कपि राईट अवधारणालाई साकार पार्न ललितपुर महानगरपालिका संग सहकार्य गर्ने कुरा हामीले हाम्रो प्रतिबद्धताको ६ नंम्बारमा उल्लेख गरेका छौं । जसलाई लिएर उद्योग व्यवसायी मतदाताहरु उत्साहित हुनुहुन्छ ।”

    विश्वराज बज्रचार्य समूले सार्वजनिक गरेको १५ बुँदे प्रतिबद्धता मध्य ६ नम्बरको प्रतिबद्धातामा यसो भनिएको छ– “कला नगरी ललितपुरलाई World Craft Council  को मान्यता प्राप्त भए अनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई Craft City तथा कपि राईट अवधारणालाई साकार पार्न ललितपुर महानगरपालिका संग सहकार्य र कार्यन्वयनमा ससक्त पहल गर्ने ।”यो विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु मर्हजनसंग पनि छलफल भएको र उहाँले हाम्रो समूहलाई शुभकामना दिदै सहकार्यका लागि प्रतिबद्धता जनाउनु भएको अध्यक्षका उमेदवार बज्राचार्यले बताउनु भयो । गएको असोज १४ गते आईतबार विश्वराज बज्राचार्य समूहले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जनसंग भेट गरेको थियो ।

    ललितपुर शहरलाई वल्र्ड आर्ट सिटी क्राफ्ट काउन्सिलबाट ‘क्राफ्ट सिटीको’ रूपमा मान्यता दिएसंगै समृद्ध सम्पदा र ललितपुरका शिल्पकारहरूलाई सम्मान प्रदान गरेको छ ।साथै त्यहाँ उत्पादित हस्तकला र स्थानीय सामानहरूको ब्रान्डिङ र प्रतिलिपि अधिकार संरक्षणको लागि मार्ग प्रशस्त गरेको छ । ललितपुर उद्योग वाणिज्य संघ, ललितपुरको ४४ औं साधारण सभाको मिति नजिकिँदै जाँदा संघले पाउने नयाँ नेतृत्वको बारेमा पनि विभिन्न चर्चा भइरहेका छन्। नयाँ नेतृत्वको लागि बज्रचार्य समूहसंगै उद्योग व्यवसायी रुपकमान महर्जन समूले पनि उमेदवारी घोषणा गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend