२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 8.8K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौ, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको बेला युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसामा काराेबार गर्न पाइने भएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसामा खरिदबिक्री गरिनेछ । 

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा कायम हुँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७८ पैसा र बिक्री दर ९ रूपैयाँ ८२ पैसामा काराेबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ र बिक्री दर २८.२३ रुपैयाँ कायम गरिएकाे छ । कुवेती दिनार १ को खरिद मूल्य ४२८.८३ पैसा र विक्रीदर ४३०.७८ पैसा कायम गरिएकाे जनाइएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend