२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लिलामीमा आउने


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.7K
    SHARES

  • images
    मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लिलामीमा आउने


    काठमाडौ, १५ असोज । मल्टीपर्पस फाइनान्स कम्पनीले बिक्री खुला गरेको ३५ प्रतिशत हकप्रद सेयर असोज १२ गते बाँडफाँट भएको छ । यस कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ३९ हजार २२७ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।

    बिक्री नभएको बाँकी सेयर मल्टीपर्पस फाइनान्सले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend