२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज सेयर सुरक्षित गरे एभरेष्ट बैंकको बोनस र नगद लाभांस दुबै पाइने


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 8.3K
    SHARES

  • images
    आज सेयर सुरक्षित गरे एभरेष्ट बैंकको बोनस र नगद लाभांस दुबै पाइने

    एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज १५ )अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभासं प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार आज असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन। 

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

    बैंकले आफ्नो २९ औँ वार्षिक साधारण सभा, असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    तेस्तै साधारण सभामा  संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend