२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोल्टीको एक करोड बढी कित्ता सेयर बेचेर जहाज किन्न वायुसेवा निगमलाई सुझाव


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.0K
    SHARES

  • images
    सोल्टीको एक करोड बढी कित्ता सेयर बेचेर जहाज किन्न वायुसेवा निगमलाई सुझाव

    सोल्टी होटलमा लगानी रहेको एक करोड भन्दा बढी कित्ता सेयर बेचेर नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगमलाई सुझाव दिइएको छ ।

    २०७९ चैतमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन भएको  ‘नेपाल वायुसेवा निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ ले नयाँ जहाज खरिदका लागि निगमको स्वामित्वमा रहेको स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता सोल्टी होटलको सेयर बिक्री गर्न सुझाव दिएको हो । झन्डै ५० अर्ब ऋणमा रहेको निगमलाई अहिले पुँजी अभावले व्यापार विस्तार गर्न असम्भव जस्तै बनाएको छ ।

    निगमलाई ऋण तिर्न व्यापार विस्तार गर्नुपर्ने र व्यापार विस्तार गर्न जहाज खरिद गर्नुपर्ने हुँदा पुँजीको माग पूरा गर्न सोल्टी होटलको सेयर हालको बजार भाउ अर्थात प्रति कित्ता ४ सय ४३ भएका आधारमा कुल बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँँमा बिक्री गर्न समितिले सिफारिस गरेको हो । 

    यसै गरि समितिले खुला प्रतिस्पर्धा गरी निगमको प्रमुख कार्यकारी नियुक्त गर्न पनि सुझाव दिएको छ । निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सम्बन्धित संस्थाको रहने गरी अन्तर्राष्ट्रिय र आन्तरिक उडानका लागि छुट्टाछुट्टै सहायक कम्पनी खडा गर्न पनि समितिले सुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend