आइतवार, आश्विन १४ २०८०
काठमाडौँ - कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको प्रमुख चाड दशैँ तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । चाडपर्वको अवसरमा बैङ्कले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो ।
२६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई एक लाख रुपैयाँको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा प्रदान गर्नेछ । सो अवसरमा बैङ्कका अन्य बचत खाताहरूमा २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैङ्कले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रूपमा सहकार्य गर्दै आएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


