२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टर्यो


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 9.6K
    SHARES

  • images
     अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टर्यो


    काठमाडौँ, १४ असोज । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा लगभग टरेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरे पछि यो खतरा टरेको हो । प्रतिनिधि सभाले ३३५–९१ को मतले निपटान कोष मापन विधेयक पारित गर्यो। जुन विधेयकलाई सिनेटले अनुमोदन प्राप्त गर्‍यो नोभेम्बरको मध्य सम्ममा बन्द हुने खतरा टर्ने भएको छ ।

    अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएको भए अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने थिए । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्ने थियो । यदि यसो भयो भने यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ।


    डेमोक्र्याट सहित अधिकांश रिपब्लिकन सांसदहरूले कोष विधेयकको समर्थनमा मतदान गरेका छन । यद्यपि, एक डेमोक्र्याट र ९० रिपब्लिकन सांसदहरूले सम्झौताको विरोध गरेका छन । यसपछि विधेयकलाई सत्तारुढ डेमोक्रेटिक पार्टीको माथिल्लो सदन सिनेटमा पठाइएको थियो, जहाँ मध्यरात अघि ८८ सांसदले यसको समर्थनमा मतदान गरेका थिए भने विपक्षमा ९ मत मात्र परेको थियो । उक्त विधेयकले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संघीय सरकारलाई नोभेम्बर १७ सम्म ४५ दिनका लागि रकम उपलब्ध गराउने छ।

    सदनका सभामुख केभिन म्याकार्थीले कडा खर्च कटौतीको मागलाई अस्वीकार गरेपछि मात्र बिल पारित हुन सक्छ। म्याककार्थीले मतदान अघि भने, ‘हामी हाम्रो जिम्मेवारी पूरा गर्न जाँदैछौं। सदनमा बुझेर सरकारलाई साथ दिनेछौँ ।’

    यसअघि न्यूयोर्कका डेमोक्रेटिक सांसद हाकिम जेफरीजले अमेरिकी जनता अझ राम्रोका हकदार रहेको बताएका थिए । ‘तर ‘कट्टर रिपब्लिकनहरूले शटडाउनको जोखिम बढाइरहेका छन्’ उनले भने । यसैबीच सिनेटको प्रस्तावमा युक्रेनलाई रुसविरुद्धको युद्ध लड्न ६ अर्ब डलर र अमेरिकी विपद् राहतका लागि ६ अर्ब डलरको व्यवस्था पनि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend