२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कर्णाली प्रदेश एमाले,आज भावी नेतृत्वका लागि मतदान हुँदै


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 7.4K
    SHARES

  • images
    कर्णाली प्रदेश एमाले,आज भावी नेतृत्वका लागि मतदान हुँदै

     

    काठमाडौँ, १४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । मतदान आज बिहान ८ बजेदेखि सुरू हुने भनिएको छ ।

    अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

    कर्णालीमा अध्यक्षका लागि तीन जनासहित उपाध्यक्षका लागि तीन, सचिवका लागि दुई जना, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

    आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend