२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोलखाको सिंगटीबाट फेरि ३ किलो सुन बरामद


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.6K
    SHARES

  • images
    दोलखाको सिंगटीबाट फेरि ३ किलो सुन बरामद

    काठमाडौँ । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ । 

    बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले बताए । बुधवार प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।

    चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए । केशर बिगु–१ का स्थानीय हुन् । तर, उनी बिगु–३ जामुने स्थित सिता तामाङको घरमा डेरामा बस्दै आएका छन् ।

    सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।

    यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend