२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जोशी हाइड्रोको स्थगित साधारणसभा असोज १९ गते बस्दै


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 10.3K
    SHARES

  • images
    जोशी हाइड्रोको स्थगित साधारणसभा असोज १९ गते बस्दै

    गणपूरक संख्या नपुगेपछि अघिल्लो मितिमा स्थगित जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा असोज १९ गतेका लागि आह्वान गरिएको छ ।

    असोज १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १९ गते आठौं साधारणसभा डाकेको हो । काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बिहान १० बजे सभा हुने जनाइएको छ । यस अघि भदौ ३१ गतेका लागि साधारणसभा मिति तय भएको थियो ।

    साधारणसभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायत प्रस्ताव पारित हुनेछ । सभाले हकप्रद जारीपछि हुने कम्पनीको पुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र निमयावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    वार्षिक साधारणसभाका लागि कम्पनीले गत भदौ १८ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend