२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल ब्यालेन्स्ड फन्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 7.1K
    SHARES

  • images
    नबिल ब्यालेन्स्ड फन्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने

    नबिल ब्यालेन्स्ड फन्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक रहेको तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रही नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको उक्त सामूहिक लगानी योजनाले आफ्ना एकाईधनीहरुलाई करसहित ९.६ प्रतिशत नगद लाभांश दिने जनाएको हो । असोज ११ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दस करोड पचहत्तर लाख २० हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले नगद लाभांश वितरणका लागि असोज २६ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ । अर्थात असोज २६ गते अघिसम्म एकाईधनी रहेका लगानीकर्ताले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend