२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ठगी गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 11.4K
    SHARES

  • images
    ठगी गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ


    काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले पक्राउ गरेको हो ।

    महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै भने ‘ उनलाई आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ । ’केसीले रामायण फिल्मका लागि दश लाख एड्भान्स लिएर साइन गरेको आरोप छ ।

    उनले आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध कार्यालय, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् ।त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ गरिएको हो । ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend