२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 12.0K
    SHARES

  • images
    आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति


    काठमाडौं, १२ असोज । आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएसंगै रात शिक्षकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

    सहमतिपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्ने गरी सहमति भएको जानकारी दिए । उनले सम्झौतालाई संसदमा प्रश्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबैकुरा सामेल गरिने प्रतिवद्धता जनाए ।

    ‘यो प्रश्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माण गर्न यो विधेयक जुन छ, यो विधेयकमा नपुगेका, छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गरियोस् । ऐन बनाउँदा, कुनै कुरा नछुटोस् भन्ने हिसावले यो शिक्षक महासंघसँग भएको सम्झौताको उत्तरखण्ड हो । त्यो चिजमा सबै शिक्षक साथीहरु उत्साहपूर्वक सहमतिमा आउनुभएको छ ।’ उनले भने ‘अब शिक्षा मन्त्रालयको जिम्मेवारी भएको छ। कि यी सम्झौतालाई संसदमा प्रस्तुत गरी संसदीय प्रक्रियामार्फत पारित गर्दा त्यस चिजलाई सामेल गरियोस्। यो शिक्षा मन्त्रालयको जिम्मेवारी भित्र आएको छ।’सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि शिक्षकहरू असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend