२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 पाकिस्तानमा आत्मघाती विस्फोट : ५० जनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.4K
    SHARES

  • images
     पाकिस्तानमा आत्मघाती विस्फोट : ५० जनाको मृत्यु

     

    काठमाडौं, १२ असोज ।पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

    बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रबार पैगम्बर मुहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूको भिडमा विस्फोट भएको हो । विस्फोटपछि बलुचिस्तानका अधिकारीहरूले संकटकाल घोषणा गरेका छन्। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

    बलुचिस्तान सहर मस्तुङको घटनास्थलको फुटेजमा आपतकालीन उद्धारकर्ता र स्थानीयले घाइतेहरूलाई उद्धार गरिरहेको देखाइएको छ। बलुचिस्तानका प्रहरी प्रमुख अब्दुल खालिक शेखले विस्फोट आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन् । उनले आक्रमणकारीलाई रोक्न खोज्दा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको बताए ।

    यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहर नजिकैको मस्जिदमा छुट्टै विस्फोट भएको छ । पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा मृत्यु हुनेको संख्या नखुले पनि मानिसहरु भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ ।हांगुको मस्जिद ४० देखि ५० जनासम्मको क्षमता भएको प्रहरीले जनाएको छ ।
    पाकिस्तानका आन्तरिक मन्त्री सरफराज बुग्तीले बलुचिस्तान र हांगुमा भएको आक्रमणलाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन् ।

    अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान वा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूह लगायत सशस्त्र लडाकूहरूले आक्रमण गरेको छ ।

    यद्यपि टीटीपीले शुक्रबारको विष्फोटमा संलग्नता अस्वीकार गरेको छ र एक विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिको विरुद्ध भएको बताएको छ ।यस महिनाको सुरुमा सोही जिल्लामा एक प्रमुख मुस्लिम नेतासहित कम्तीमा ११ जना घाइते भएका थिए।जुलाईमा, उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विष्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend