२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइएमई पे बाट एसआइपी भुक्त्तानी सजिलै गर्न सकिने


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.4K
    SHARES

  • images
    आइएमई पे बाट एसआइपी भुक्त्तानी सजिलै गर्न सकिने

     

    काठमाडौं, १२ असोज  । 'आइएमई पे'  मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इनभेस्टमेन्ट प्लान्न एसआइपीको रकम भुक्तानी गर्नसक्ने भएका छन् । एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ ।

    सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनेमिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्सटलमेन्ट तथा युनिट परचेजको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

    पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend