२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

निरभाना फिजियोथेरापीमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.6K
    SHARES

  • images
    निरभाना फिजियोथेरापीमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

    काठमाडौं, १२ असोज । निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर लाजिम्पाट र एभरेष्ट बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको छुट पाउनेछन्।

    बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरूले उक्त सेन्टरका विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन्।

    सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

    स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend