२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको छः अध्यक्ष ओली


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.7K
    SHARES

  • images
    सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको छः अध्यक्ष ओली

     

    काठमाडौं, १२ असोज । सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन्।

    पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे ।‘यो अपराध संरक्षण गर्ने सरकार हो’ उनले भने, ‘यो तस्कर संरक्षण गर्ने सरकार भयो । यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन ।’

    उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए ।‘हामी अहिले सरकारमा जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने, अर्को त्यस्तो उपयुक्त विकल्प म देख्दिन । प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता सामर्थ कांग्रेसमा मैले देख्या छैन’ अध्यक्ष ओलीले भने ।आजदेखि विराटनगरमा एमालेको कोशी प्रदेश अधिवेशन हुँदैछ । अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् ।आज उद्घाटन सत्र र अतिथिहरुको मन्तव्य राख्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend