२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 8.3K
    SHARES

  • images
    काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । 

    काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

    जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ । 

    आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

    असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend