२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गाडी दुर्घटनाबाट आन्दोलनमा हिडेका १० शिक्षक घाइते


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 8.0K
    SHARES

  • images
    गाडी दुर्घटनाबाट आन्दोलनमा हिडेका १० शिक्षक घाइते

    सिन्धुली । आन्दोलनमा सहभागी हुन काठमाडौंतर्फ हिडेका १० शिक्षक गाडी दुर्घटनामा घाइते भएका छन् । शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार मधेश प्रदेस ००१ ज ००६२ नं को इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा राहत, करार र वालविकास शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते सबैलाइ धुलीखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरु धेरैजसो कमलामाइ नगरपालिकाका रहेका छन् ।

    घाइते हुनेमा कमलामाइ नगरपालिकाका निरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, वविता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका १० का राजन कार्की, काभ्रे बनेपा १० की गार्की बस्नेत रहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

    चालक कमलामाइ नगरपालिका ८ का तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend