२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालद्वारा छड्के अनुगमन


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 7.8K
    SHARES

  • images
    पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालद्वारा छड्के अनुगमन

     

    काठमाडौं, १२ असोज । पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले छड्के अनुगमन गरेका छन् ।उनले काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।

    कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिदैँ तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीदाई निर्देशन समेत दिएका छन् ।

    देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, विरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएको छ । लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका सरकारले काम गरिरहेको मन्त्री भुसालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend