२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेदरल्याण्डमा गोली चल्दा तीनको मृत्यु, प्रधानमन्त्रीद्धारा दुःख व्यक्ति


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 8.7K
    SHARES

  • images
    नेदरल्याण्डमा गोली चल्दा तीनको मृत्यु, प्रधानमन्त्रीद्धारा दुःख व्यक्ति

     

    काठमाडौं, १२ असोज । पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । युरोपको नेदरल्यान्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

    आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपी गोली चलाउनुको कारण खुल्न सकेको छैन । न्युजील्याण्डका प्रधानमन्त्रीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटना नेदरल्याण्डको रोटरडममा भएको हो ।

    नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले गोलीबारीप्रति निराशा व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘गोलीबारीमा मारिएकाहरुप्रति मेरो समवेदना, पीडित कार्यस्थलका सहकर्मीहरूलाई उनीहरूको सहयोगको लागि धेरै धेरै धन्यवाद।’

    सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा बन्दुकधारीले गोली चलाएका थिए । त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्रमा पुगे । प्रहरीका अनुसार दुवै ठाउँमा आगो लागेको थियो, जुन पछि निभाइएको थियो । प्रहरीका अनुसार अभियुक्त एउटै व्यक्ति रहेको प्रारम्भिक रुपमा खुल्न आएको छ ।

    अभियुक्त अस्पताल भित्र पस्नेबित्तिकै हताहट मच्चियो, बिरामी र डाक्टरहरु भागे । सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीका अनुसार अभियुक्त ३२ वर्षका छन्, जसले सेनाले लगाउने जस्तो लुगा लगाएका थिए । कालो कपाल भएको युवक उग्र देखिन्थे । उनको उचाइ निकै अग्लो थियो । बन्दुकसँगै झोला पनि थियो ।

    समाचार अनुसार एक मेडिकल विद्यार्थीले चौथो तल्लामा गोली चलिरहेको बताए । अभियुक्तले चारदेखि पाँच पटक गोली हानेका थिए । त्यहाँ निकै आतंक मच्चिएको एक प्रत्यक्षदर्शीले बताए । नाराबाजी थियो । गोलीको आवाज आइरहेको थियो । निकै डरको अवस्था थियो । मृतक र घाइतेका परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । अभियुक्त पक्राउ परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend