२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 18.9K
    SHARES

  • images
    मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

    २०८० असोज ११ गते

    काठमाडौं । सूर्य नेपालको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसाथ गरि विभिन्न सुगन्ध, प्याक तथा साइजमा उपलब्ध छ। यी उत्पादनलाई सशक्तरूपमा ग्राहकमाझ पुर्‍याउन तथा आफ्नो उत्पादनको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्यले थप सफलता प्राप्त हुने कम्पनीले जनाएको छ।

    नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनय गरिसकेकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायका साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ । अभिनेत्री सिवाकोटीले आफूपनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा औधी खुशी लागेको बताइन् ।

    ।
    मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend