२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर प्रस्तावसहित बोलायो साधारणसभा


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 8.2K
    SHARES

  • images
    शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर प्रस्तावसहित बोलायो साधारणसभा


    काठमाडौ, ११ असोज । शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

    सभामा कम्पनीको ठेगाना परिवर्तन गर्ने र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा, यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend