२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 8.3K
    SHARES

  • images
    मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

     

    काठमाडौ, ११ असोज । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका दरले सेयर पाएका छन् ।यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

    तसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।


    लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मीड सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend