२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्री दाहालको चीन भ्रमण सतही आतिथ्य सत्कार र तिर्थाटनमा सिमित : बाबुराम भट्टराई


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 7.8K
    SHARES

  • images
    प्रधानमन्त्री दाहालको चीन भ्रमण सतही आतिथ्य सत्कार र तिर्थाटनमा सिमित : बाबुराम भट्टराई

    काठमाडौ, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा सतही अतिथि सत्कारमा रमाएको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलेआरोप लगाएका छन् ।

    नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंशामा रमाएर बसेको आरोप पनि लगाएका छन् । उनका अनुसार प्रधानमन्त्रीले तिर्थाटन जान छाडेर देश बिकासका लागि सोच्नु पर्दथ्यो ।

    ‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले, ‘नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?’

    नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसंग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको उनको भनाई छ । ‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो ।’

    सबैले लेखेर राखौं भन्दै उनले भनेका छन, ‘सयौं बर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण ९दुइ अंकको आर्थिक वृद्धिदर–दुइ दशक निरन्तर० को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend