२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बलात्कृत बालिका रक्ताम्मे शरिर लिएर दुई घन्टा सडकमा हिडेको घटनाले भारत स्तब्ध


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 9.3K
    SHARES

  • images
    बलात्कृत बालिका रक्ताम्मे शरिर लिएर दुई घन्टा सडकमा हिडेको घटनाले भारत स्तब्ध

     

    काठमाडौं, ११ असोज । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ घन्टा सडकमा हिडदा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।

    भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् ।

    दिल्लीको निर्भयाको बलात्कारको घटना झै सो घटनालाई दाँजेर हेरे पछि भारतीय राजनीति गरम भएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन । उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको टविटरमा लेखेका छन् ।

    ‘मध्यप्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरु सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन । आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।

    तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन । उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend