२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 7.8K
    SHARES

  • images
    आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

     

    काठमाडौं, ११ असोज । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ ।काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिईएको हो । गत मंगलबारबाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

    जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ । यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    जसअनुसार आज इन्द्रजात्राको मुख्य दिन परेको हो । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको हो । काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट बिशेष पाहुना आएका छन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend