२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुटपिट विरोधमा आज पनि डाक्टरहरू सडकमा 


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 8.5K
    SHARES

  • images
    कुटपिट विरोधमा आज पनि डाक्टरहरू सडकमा 

     

    काठमाडौं, १० असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । 

    आन्दोलनमा सहभागी डाक्टर ढकालले, कानून अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए । ‘विगत १० — १५ दिनमा जति पनि घटना भएका छन् । दोषीलाई सशक्त रुपमा कारबाही हुनुप¥यो हातपात गर्नेलाई । वार्तामा जेल युथ आउट बिल स्वास्थ्य कर्मीको सुरक्षाको प्रत्याभूति हुनुप¥यो ।’उनले भने । उनले पीडित डाक्टर अथवा कुनै पनि स्वास्थ्य कर्मीलाई क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने पनि आफूहरूको माग रहेको बताए । 

    उनले भने,‘ दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याएर पीडित डाक्टरलाई अथवा कुनै पनि स्वास्थ्य कर्मीलाई क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने पनि हाम्रो माग हो ।’ दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ रु लगायत प्लेकार्ड बोकेका थिए । 

    लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहित भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend